विश्व रक्तदाता दिवस

Blood Donation In Nepal

परिचय

Blood Donation In Nepal

अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा छटपटाइरहेका कैयौं व्यक्तिहरूको जीवन रक्षाको क्षमता रक्तदानमा रहेको छ। यसका अलावा अस्पताल परिसरमा हुने नियमित शल्यक्रिया तथा अन्य प्रक्रियाहरुमा चाहिने रगत पनि दान गरिएको नै हुने गर्दछ। एक व्यक्तिद्वारा गरिएको रक्तदानले कम्तीमा अरु तीन व्यक्तिको जीवन बचाउन सक्ने कुरा विभिन्न विश्लेषणात्मक रिपोर्टहरुमा भेट्न सकिन्छ।

हाम्रो शरीरमा प्रवाह हुने रगतले थुप्रै अत्यावश्यक जिम्मेवारीहरू निभाउने गर्दछ।  शरीरका हरेक कोषमा अक्सिजन, पोषण तत्व, हार्मोनहरु पुर्याउने लगायतका काम रगतले गर्ने गर्दछ। यसका साथै यिनै कोषहरुमा जम्मा हुने कार्बन डाइअक्साइड,  र अन्य चयापचय फोहोरको ढुवानी समेत रगतले नै गर्दछ।  शरीरको रोगसँग लड्ने क्षमता सम्हाल्ने  होस् वा तापक्रम कायम राख्ने होस्, यी र यस्ता अन्य कयौं जिम्मेवारीहरू रगतले नै निर्वाह गर्दछ।

जब जब शरिरमा रगतको मात्रामा कमी आउँछ तब हाम्रो जीवन-मृत्युको प्रश्न उठ्न सक्छ। रगतको मात्रामा कमी आउनुका पछाडि दुर्घटना, आघात तथा अन्य शारीरिक समस्या जस्ता कारणहरु हुन सक्छन्। यस किसिमले शरीरमा रगतको मात्रामा कमी आउँदा बिस्तारै शरीर शिथिल बन्दै जान्छ र महत्वपूर्ण  अंगहरुले काम गर्न छाड्ने डर हुन्छ।  यस्तो अवस्थामा छटपटाइरहेका व्यक्तिहरुलाई बचाउने एकमात्र उपाय भनेको रक्तदान हाे।

Pharmalife संग आवद्ध हाम्रा थुप्रै साथीहरु नियमित  रक्तदान गर्नुहुन्छ।  रक्तदान जस्तो परोपकारी कार्य  गर्दाको खुशी शब्दमा बयान गर्न  शायदै सकिएला। तसर्थ हामी र हामीसँग आवद्ध  सम्पुर्ण सदस्यहरु नियमित रक्तदानमा सामेल हुन्छौं । औषधी उपचारमा मानिसहरूको   पहुँच सुनिश्चित गर्न Pharmalife  सदैव  प्रतिबद्ध  रहँदैआएको छ । औषधी उपचारका साथसाथै आवश्यक परेका बेला  रगतको समेत पहुँच सुनिश्चित गर्न हामी सहयोगी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त  गर्न चाहन्छौं ।

हरेक वर्ष जुन 14 का दिन विश्व रक्तदाता दिवस मनाइने गरिन् । यसवर्ष समेत विश्व रक्तदाता दिवस नजिकिँदै गएको परिप्रेक्ष्यमा हाम्रा पाठकवर्गलाई  रक्तदानका बिषयमा सम्पूर्ण जानकारी प्रदान गर्ने अठोट हामीले गरेका छौं ।

 प्रक्रिया

रक्तदान  निकै नै  सहज  तथा  सुरक्षित प्रक्रिया हो । सुरक्षित हुनुका साथसाथै रक्तदानका अनेकन  फाइदाहरुहरु पनि छन ।  रक्तदान प्रापक तथा दाता दुवैका निम्ति उत्तिकै फाइदाजनक हुने गर्दछ ।  रक्तदान गर्ने खासगरी दुई  तरिका छन् ।

१.      Whole Blood Donation :   दुवै प्रक्रिया मध्ये सबैभन्दा बढी प्रयोग हुने प्रक्रिया भने यही हो ।  यस प्रक्रियामा दाताको शरीरबाट  करिब आधा लिटर रगत निकाल्ने गरिन्छ ।  यस पश्चात  साे रगतलाई  आफ्ना विभिन्न भागहरुमा छुट्याउने गरिन्छ ।   सामान्यतः रगत रातो रक्तकोषिका,  प्लाज्मा, प्लेटलेट मिलेर बनेको हुन्छ ।

२.    Apheresis : यस प्रक्रियामा भने  दाताका शरीरबाट  रगतको आवश्यक भाग मात्रै निकालिन्छ  र apheresis apparatusका मद्दतले अन्य भागलाई भने शरीर भित्र नै पुनः प्रवेश गराइन्छ ।  यस प्रक्रियाका सहयोगले  दाताले plasma  वा platelet दान गर्न गरेको पाइन्छ ।

Plasma Donation

रक्तदान गरेबापत रोगसँग लडिरहेका बिरामीको त भलो हुन्छ नै यसका अलावा पनि रक्तदानका अनेकन फाइदाहरु छन् ।  प्रथमतः रक्तदानले हाम्रो मानसिक स्वास्थ्य स्थिर तथा स्वस्थ राख्न मद्दत पुर्याउँछ ।  दान गरी अरूको सहयोग गर्न पाउँदा खुशी हुनुका साथै तनाव र चिन्ता बाट मुक्ति मिल्दछ ।  रक्तदानका अनेकौ फाइदा मध्ये केही फाइदा भने यस्ता छन्:

  • कलेजो र मुटु स्वस्थ रहनु
  • क्यान्सर जस्ता घातक रोग को जोखिम न्यूनीकरण गर्नु
  • मोटोपन घटाउन मद्दत गर्नु
  • पित्ताशय र अग्नाशयलाई स्वस्थ राख्नु

तसर्थ  यस्ता बहुआयामिक  फाइदा गर्ने रक्तदान मा सामेल हुन हामी कोही हिचकिचाउनु हुँदैन ।  यद्यपि पर्याप्त ज्ञानको अभावमा धेरै मानिसहरु रक्तदान असुरक्षित हुन्छ भन्ने भ्रममा रहेको देखिन्छ ।   रगत दान गर्ने प्रक्रिया पूर्णरुपमा सुरक्षित  हुन्छ,  यसमा कुनै दुईमत छैन । हरेक दाताका लागि नयाँ सिरिंजको प्रयोग गरिन्छ । त्यसैले दान गर्दा रोग सर्छ कि भन्नेमा भ्रम आजैदेखि त्यागौं ।

दान गर्न योग्य हुनुहुन्छ?  हेर्नुहोस!

रक्तदानको प्रक्रियामा  सामेल हुनुअघि दाता तथा प्रशासन दुवैले दाता रक्तदान गर्न योग्य भएको वा नभएको सुनिश्चित गर्नुपर्दछ ।  रक्तदान गर्न योग्य हुनका निम्ति निम्न लिखित मापदण्डहरु पूरा गरेको हुनु पर्दछ:

  • 18 देखि 60 को उमेर  समूहभित्र हुनुपर्ने
  •  शरीरको तौल न्युनतम 45kg हुनुपर्ने
  • स्वास्थ्यस्थिति सामान्य हुनुपर्ने
  • रक्तचाप सामान्य हुनुपर्ने
  • विगत 2 महिना यता रक्तदान नगरेको हुनुपर्ने

यसका साथै रक्तदान गर्ने व्यक्ति कुनै पनि किसिमको रोग बाट ग्रसित भने हुनुहुँदैन ।  रगत दान गर्ने व्यक्तिले केहीदिन अगाडिदेखि नै Iron युक्त पौष्टिक आहार सेवन गर्न पनि बिर्सनु हुँदैन ।  रगत दान गर्ने दान केन्द्रहरुमा दाताहरूको सामान्य  शारीरिक जाँच पनि गरिन्छ । रक्तचाप, मुटुको धड्कन जाँच्नु बाहेक HIV, Hepatitis, Syphilis  जस्ता  रोगहरूको समेत परिक्षण गरिन्छ ।

दान गर्न कहाँ जाने त?

हरेक दिन नेपालभर हजारौं मानिसहरु  केही pint  रगतका निम्ति भौतारिरहेकाे कारुणिक दृश्य देख्न सकिन्छ ।  तपाई हाम्रो सानो सहयोगले यस्ता धेरै मानिसको जीवन  बच्न सक्छ ।  हामीले यसरी  दान  गरेको रगत विभिन्न संघसंस्था तथा अस्पतालहरुद्वारा  संचालित blood बैंकमा सञ्चय गरेर राखिन्छ । आवश्यक पर्दा बिरामी तथा बिरामीका आफन्तहरुले यिनै blood बैंक हरु बाट रगत संकलन  गर्ने गर्दछन् ।

नेपालभर थुप्रै  संघसंस्थाहरुले नियमित रुपमा  रक्तदान कार्यक्रमहरु संचालन गर्ने गर्दछन् ।  नेपाल रेडक्रस सोसाइटी भने रक्तदानका विषयमा नेपालभर तथा विश्वभर  सबैभन्दा बढी  अग्रसर रहिआएको संस्थान हो ।

काठमाडौं लगायत देशका विभिन्न शहरहरुमा नेपाल रेडक्रस सोसाइटीद्वारा नियमित रक्तदान कार्यक्रम भई आएका छन् । यदि यहाँहरुलाई पनि रगत दान गरी समाजप्रतिको आफ्नो उत्तरदायित्व ग्रहण गर्नु छ भने  यिनै रक्तदान कार्यक्रमहरुमा सामेल हुन सक्नुहुन्छ ।  काठमाडौंको सोल्टी मोडमा अवस्थित नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय blood bank  साताका  सातै दिन चौबीसै घन्टा सेवामा समर्पित  रहिआएको छ ।

सोसाइटीको आधिकारिक वेबसाइट https://nrcs.org/donate-blood/ मार्फत रगत  संचय केन्द्रहरु, सम्पर्क नम्बर, स्रोत व्यक्ति,  तथा अन्य सम्पूर्ण जानकारीहरु  सजिलै पाउन सकिन्छ ।  रेडक्रस सोसाइटीसंग आबद्ध भइ रक्तदान कार्यक्रम सञ्चालन गर्न चाहेका कुनैपनि संस्थानले समेत सोसाइटीलाई यही वेबसाइटमार्फत सम्पर्क गर्न मिल्ने सुविधा छ । विश्व रेडक्रस सोसाइटीले यावत् जानकारीहरु अझ प्रभावकारी रूपमा सम्प्रेषण गर्ने उद्देश्यसहित Blood Donor App  समेत  उपलब्ध गराएको छ ।

नेपाल रेडक्रस सोसाइटीका साथै अन्य विभिन्न अस्पतालहरुद्वारा  समेत यस्ता रगत संचय केन्द्रहरु सञ्चालन  हुँदै आएका छन् ।  काठमाडौँ र आसपास अवस्थित सो अस्पतालहरूको सूची यस प्रकारको छ :

  • Redcross Blood Bank: 01-5186065 । 01-5186390
  • Bhaktapur Blood Bank: 01-6612266 । 01-661161
  • Pulchowk Blood Bank: 01-5527033
  • Noble Hospital Blood Bank: 01-4110842
  • TUTH Blood Bank: 01-4412303
  • Gangalal Hospital Blood Bank: 01-4371374
  • Grande Hospital Blood Bank: 01-5159277
  • Trauma Centre Blood Bank: 01-4239161
  • Banepa Blood Bank: 01-1661431

परिवारका सदस्य, साथीभाई, आफन्तहरुका निम्ति रगत खोज्दा  प्राय सबैजना  डराउने र हतास हुने गर्दछन् ।  यस्तो अवस्थामा डराउनु स्वाभाविक पनि हो । यद्यपि आफूलाई संयमित राख्दै  माथि उल्लेखित  अस्पतालहरुमा  सिधा सम्पर्क गर्ने हो भने  रगतको जोहो गर्न थोरै मात्र भए पनि सजिलो हाेला ।

संसारभर प्रत्येक सेकेण्ड कुनै एक व्यक्तिलाई रगतको आवश्यकता पर्ने तथ्याङ्क पाईन्छ । नेपालमा समेत दुर्घटना, जटिल  शल्यक्रिया, रक्तअल्पता तथा अन्य विविध रोगका बिरामीहरुका निम्ति दैनिक हजारौ लिटर रगत आवश्यक हुन आउँछ ।  यस्ता  निर्दोष ज्यान हरु बचाउन  सक्ने क्षमता तपाई हामीमा छ ।आउनुहोस यो जिम्मेवारी संगै वहन गरौं – आजै रक्तदान गरौं, जीवन दान गरौं ।

There are no comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Start typing and press Enter to search

Shopping Cart